६ लघुवित्त कम्पनीका लगानीकर्ता मालामाल, कुनले कति कमाए ?

१४ चैत्र २०८१, बिहीबार १५:१९

काठमाडौँ । शेयर बजारमा हरियाली आएसँगै अधिकांश कम्पनीको शेयर मूल्य बढेको छ । बिहिबार २२७ कम्पनीको मूल्य बढेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४१.६७ अकंले बढेर २६६३.५४ बिन्दुमा कायम भएको छ ।आज ३०९ कम्पनीको ९७ लाख ७२ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २२ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यसदिन गुराँस लघुवित्त र सिर्जनशिल लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै, सपोर्ट माइक्रो फाइनान्सको ८.५३ प्रतिशत, अभियान लघुवित्तको ७.६६ प्रतिशत, मानुषि लघुवित्तको ७.२८ प्रतिशत, विन विकास लघुवित्तको ७.१ प्रतिशतले शेयर मूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*