हिमालयन रि र नेपाल रि इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, कुनको कति कारोबार ?
१४ चैत्र २०८१, बिहीबार १५:०३

काठमाडौँ । साताको अन्तिम दुई कारोबारको दिन शेयर बजार हरियाली भएको छ । बजारमा हरियो देखिएसँगै लगानीकर्ता उत्साहित बनेका छन् ।
बजार बढ्दा लगानीकर्ता हिमालयन रि इन्स्योरेन्स र नेपाल रि इन्स्योरेन्समा झुम्मिएका छन् । यी दुई कम्पनीको आज क्रमशः ५१ करोढ १६ लाख र २६ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
साथै, एनआरएनको २५ करोड ३२ लाख, सिईडिबिको १९ करोड र ग्रिन डेभलपमेन्ट बैंकको १८ करोडको शेयर कारोबार भएको छ ।