अब न्यून रकममा नै कार चढ्ने सपना पूरा हुने, ६ लाख डाउनपेमेन्टमा नामी ईभी

काठमाडौं । नेपालका लागि डोङफेङ नामीको आधिकारिक वितरक एमएडब्लु वृद्धिले ग्राहकलाई लक्षित गर्दै विशेष फाइनान्सिङ अफर ल्याएको छ। विद्युतीय सवारीसाधन (ईभी) को बढ्दो मागलाई मध्यनजर गर्दै कम्पनीले सहज किस्ताबन्दी सुविधासहित नयाँ अफर सार्वजनिक गरेको हो।
कम्पनीका अनुसार ग्राहकहरूले अब २० प्रतिशत डाउनपेमेन्ट तिरेर नामीका ईभीहरू किन्न सक्नेछन्। यस योजना अन्तर्गत डाउनपेमेन्ट ५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ, जसले ग्राहकहरूलाई प्रारम्भिक ठूलो खर्च बेहोर्नु नपर्ने सुविधा दिनेछ। कम्पनीले ८० प्रतिशतसम्म फाइनान्सिङ सुविधा उपलब्ध गराउने बताएको छ, जसले गर्दा ग्राहकहरूले सहज रूपमा आफ्नो सवारी खरिद प्रक्रिया पूरा गर्न सक्नेछन्।
यस योजनाअन्तर्गत ४८ घण्टाभित्र लोन स्वीकृत गरिनेछ, जसले खरिद प्रक्रिया झन् सरल र छिटो हुने कम्पनीको दाबी छ। थप जानकारीका लागि ग्राहकहरूले नजिकको नामी शोरूममा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ।