जीवन बीमा कम्पनीबाट ८ महिनामा झण्डै १० अर्बको पोलिसी सरेण्डर, कुनबाट कति रकम बाहिरियो ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८१।०८२ को फागुन मसान्तसम्मको अवधिमा जीवन बीमा कम्पनीहरुबाट झण्डै १० अर्ब रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको छ । नेपाल बीमा प्राधिकरणले उपलब्ध गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको ८ जीवन बीमा कम्पनीहरुबाट ९ अर्ब ८७ करोड ६३ लाख ६३ हजार रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको हो ।
तथ्यांक अनुसार विभिन्न जीवन बीमा कम्पनीहरुबाट बीमितहरुले ७१ हजार ५५४ वटा बीमा पोलिसी सरेण्डर गरेका छन् । जस अनुसार एलआइसी नेपालका बीमितहरुले सर्वाधिक बढी बीमा पोलिसी सरेन्डर गरेका छन् । कम्पनीको १७ हजार ८८९ वटा बीमा पोलिसी वापत ३ अर्ब ९ करोड ९६ लाख रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको छ ।
पोलिसी सरेण्डरको आधारमा नेपाल लाइफ इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ । कम्पनीको १५ हजार ५७२ वटा बीमा पोलिसी वापत दुई अर्ब ६३ करोड ७६ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको छ ।
बीमा प्राधिकरणको तथ्यांक अनुसार सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको ९२ करोड ११ लाख रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको छ ।
त्यस्तै, एशियन लाइफ इन्स्योरेन्सको ६१ करोड १४ लाख रुपैयाँ, नेशनल लाइफ इन्स्योरेन्सको ६० करोड ५१ रुपैयाँ, सूर्य ज्योति लाइफ इन्स्योरेन्सको ५३ करोड २१ लाख रुपैयाँ, हिमालयन लाइफ इन्स्योरेन्सको ४२ करोड २७ लाख रुपैयाँ र मेट लाइफको २७ करोड ९९ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएका छन् ।
चालु आवको सात महिनाको अवधिमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको १७ करोड ४५ लाख आइएमई लाइफ इन्स्योरेन्सको १३ करोड ५३ लाख, सिटिजन लाइफ इन्स्योरेन्सको १८ करोड ४४ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १४ करोड २० लाख रुपैयाँ, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड ४४ लाख रुपैयाँ र सन नेपाल लाइफ इन्स्योरेन्सको ५ करोड २६ लाख रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ ।