सेन्ट्रल फाइनान्सको संस्थापक शेयर बिक्रीमा

१४ चैत्र २०८१, बिहीबार ०८:४४

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले २ हजार ५०६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी यी शेयर बिक्रीमा राखेको हो।

शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिन भित्र ललितपुरको कुपण्डोलस्थित कम्पनीको केन्द्रीय कार्यालयमा वा एनएमबि क्यापिटल मार्केट्समा निवेदन दिनु पर्नेछ।

तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट शेयर खरीदका लागि निवेदन प्राप्त नभएमा सो शेयर सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*