यूनाइटेड अजोडको साढे २ लाख कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा, मूल्य कति?

१४ चैत्र २०८१, बिहीबार ०७:५२

काठमाडौं । यूनाइटेड अजो इन्स्योरेन्सले २ लाख ५६ हजार ३१० कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ।

जसमध्ये कम्पनीले १ लाख ४९ हजार ११६ कित्ता प्रतिशेयर १८० रुपैयाँमा, त्यस्तै ८२ हजार ५९२ कित्ता प्रतिशेयर १६३.९० रुपैयाँमा र २४ हजार ६०२ कित्ता प्रतिशेयर १६३.५० रुपैयाँमा बिक्रीमा राखेको हो।

उक्त शेयर खरिद गर्न इच्छुक सर्वसाधारणले आगामी १५ दिनभित्र आफूले किन्न चाहेको शेयर विवरण खुलाई सुन्धाराको सिटिसि मलस्थित कम्पनीको प्रधान कार्यालयमा निवेदन पेश गर्नु पर्नेछ।

कम्पनीले संस्थापक शेयरधनीलाई प्राथमिकता दिएर यसअघि नै खरिद प्रस्ताव गरिसकिएको जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*