अमेरिकी डलरको भाउ घट्यो, अरू मुद्राको विनिमयदर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले चैत १४ गतेका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। यसअनुसार एक अमेरिकी डलरको खरिददर १३६.८४ रुपैयाँ र बिक्रीदर १३७.४४ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा घटेको हो।
त्यस्तै युरोपियन युरो एकको खरिददर १४७.६८ रुपैयाँ र बिक्रीदर १४८.३३ रुपैयाँ, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७६.५९ रुपैयाँ र बिक्रीदर १७७.३७ रुपैयाँ, स्वीस फ्र्याङ्क एकको खरिददर १५४.९० रुपैयाँ र बिक्रीदर १५५.५८ रुपैयाँ, अस्ट्रेलियन डलर एकको खरिददर ८६.५६ रुपैयाँ र बिक्रीदर ८६.९४ रुपैयाँ, क्यानाडियन डलर एकको खरिददर ९६.०१ रुपैयाँ र बिक्रीदर ९६.४३ रुपैयाँ रहेको छ।
सिङ्गापुर डलर एकको खरिददर १०२.३१ रुपैयाँ र बिक्रीदर १०२.७६ रुपैयाँ, जापानी येन १० को खरिददर ९.११ रुपैयाँ र बिक्रीदर ९.१५ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १८.८३ रुपैयाँ र बिक्रीदर १८.९२ रुपैयाँ, साउदी रियाल एकको खरिददर ३६.४८ रुपैयाँ र बिक्रीदर ३६.६४ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.५४ रुपैयाँ र बिक्रीदर ३७.७० रुपैयाँ निर्धारण गरिएको छ।
थाई भाट एकको खरिददर ४.०३ रुपैयाँ र बिक्रीदर ४.०५ रुपैयाँ, युएई दिराम एकको खरिददर ३७.२६ रुपैयाँ र बिक्रीदर ३७.४२ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.८९ रुपैयाँ र बिक्रीदर ३१.०३ रुपैयाँ, दक्षिण कोरियन वन १०० को खरिददर ९.३५ रुपैयाँ र बिक्रीदर ९.३९ रुपैयाँ, स्विडिस क्रोनर एकको खरिददर १३.६२ रुपैयाँ र बिक्रीदर १३.६८ रुपैयाँ रहेको छ।
त्यसैगरी ड्यानेस क्रोनर एकको खरिददर १९.८० रुपैयाँ र बिक्रीदर १९.८८ रुपैयाँ, हङकङ डलर एकको खरिददर १७.६० रुपैयाँ र बिक्रीदर १७.६८ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४४३.७४ रुपैयाँ र बिक्रीदर ४४५.६८ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६२.९५ रुपैयाँ र बिक्रीदर ३६४.५४ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५५.४५ रुपैयाँ र बिक्रीदर ३५७.०१ रुपैयाँ रहेको छ।