ग्रीन डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१४ चैत्र २०८१, बिहीबार ०७:२८

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकले बाह्रौं वार्षिक साधारणसभा तथा लाभांश वितरणका लागि भोलि चैत १५ गते बुक क्लोज गर्दैछ।

बैंकले हाल कायम चुक्ता पूँजीको ५.७५ प्रतिशत बोनस शेयर र ०.३०२७ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश पारित गर्न चैत २७ गते बाग्लुङस्थित होटल पिस प्यालेसमा बिहान ११ बजेदेखि सभा बस्दैछ।

यसका साथै मर्जरका लागि उपयुक्त बैंक तथा वित्तीय संस्था पहिचान गरी आवश्यक सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ।

त्यसैगरी ६३ करोड ७ लाख १३ हजार रुपैयाँको हकप्रद शेयर जारी गर्ने, गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारश्रमिक निर्धारण गर्ने, २ जना सञ्चालकको निर्वाचन गर्ने र सञ्चार खर्च वृद्धि गर्ने लगायतका प्रस्ताव तय गरिएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*