मेरोमाइक्रोफाइनान्सको बोनस शेयर डिम्याट खातामा जम्मा

१४ चैत्र २०८१, बिहीबार ०७:२३

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको माघ ४ गतेको बाह्रौं वार्षिक साधारणसभाले पारित गरेको ७.५ प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा पठाइएको छ।

कम्पनीले पुस १९ गतेसम्म शैयर अभौतिकीकरण गरेका शेयरधनीको डिम्याट खातामा बोनस पठाइएकाले अभौतिकीकरण नगरेका शेयरधनीलाई यथाशीघ्र गर्न आग्रह गरेको छ।

शेयर अभौतिकीकरण गरेपछि बोनस शेयर स्वतः डिम्याट खातामा जम्मा हुने कम्पनीले जानकारी दिएको छ।

कम्पनीको उक्त बोनस शेयर नेप्से तथा सिडिएसमा सूचीकृत भई अभौतिक रूपमा कारोबारमा समेत आइसकेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*