नेको इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

१४ चैत्र २०८१, बिहीबार ०६:४६

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन ८ गतेदेखि बिक्री खुला गरिरहेको ५० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज चैत १४ गते अन्तिम दिन हो।

कम्पनीले ४ः१ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँका दरले ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद शेयर निष्कासन गरिरहेको छ। हकप्रद निष्कासनका लागि कम्पनीले माघ १८ गते बुक क्लोज गरेको थियो। यसर्थ बुक क्लोजभन्दा अघिल्लो मितिसम्म कायम शेयरधनीहरूले मात्र यसमा आवेदन दिन सक्नेछन्।

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँ रहेको छ। हकप्रद बाँडफाँडपछि चुक्ता पूँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ।

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*