प्रोगेसिभ इन्जिनियर्स एसोसिएशनमा डा. भेषराज थापा चयन, ९९ सदस्य नयाँ कार्य समिति चयन
१३ चैत्र २०८१, बुधबार २०:४४

काठमाडौं । नेकपा एमाले सम्बद्ध प्रोगेसिभ इन्जिनियर्स एसोसिएशनको १० औ राष्ट्रिय महाधिवेशन आज सम्पन्न भएको छ । उक्त महाधिवेशनबाट डा. भेषराज थापाको नेतृत्वमा ९९ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ ।
नयाँ कार्य समितिको उपाध्यक्षमा देउकाजी गुरुङ, उपाध्यक्षमा सौम्य भट्ट, महासचिवमा राजन थापा चयन भएका छन् । त्यसैगरी, उप महासचिवमा ध्रुव भट्टराई, सचिवमा बलराम पौडेल, प्रदिप नेपाल, स्वाभिमान आचार्य र हरि बराल रहेका छन् ।