नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठद्वारा राजिनामा, गभर्नर बन्ने लाईन

१३ चैत्र २०८१, बुधबार १८:२७

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । राष्ट्र बैंकको गभर्नर आकाँक्षी श्रेष्ठले राष्ट्र बैंकबाट राजीनामा दिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

मौद्रिक अर्थशास्त्रमा विद्यावारिधि गरेका श्रेष्ठ राष्ट्र बैंकभित्र क्षमतावान अधिकृतमध्ये पर्छन् । उनले नेपाल राष्ट्र बैंकको गभर्नर बन्नको लागि राजीनामा दिएको बुझिएको छ । यो सँगै उनी पनि गभर्नर बन्ने लाईनमा छन् ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री संयोजकत्वको गभर्नर सिफारिस समितिले अहिले नयाँ गभर्नर नियुक्तीको लागि काम गरिरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*