मन्त्रीपरिषद्को निर्णय बिरुद्ध कुलमान गए सर्वोच्च
१३ चैत्र २०८१, बुधबार १७:५३

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट आफूलाई हटाउने मन्त्रीपरिषद्को निर्णयविरुद्ध कुलमान घिसिङ सर्वोच्च अदालतमा पुगेका छन् । घिसिङले आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।
घिसिङले सरकारको निर्णय बदर गरी आफूलाई कार्यकारी निर्देशकमा पुनस्थापना गर्नुपर्ने माग गर्दै अदालतमा रिट पेस गरेका छन् । उनले नेपाल सरकार, ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य लगायतलाई विपक्षी बनाएर रिट पेस गरेका छन् ।