ललितपुरको बुढीदेबी डाँडामा लागेको आगलागी अझै नियन्त्रण बाहिर, सबैलाई सचेत रहन आग्रह
१३ चैत्र २०८१, बुधबार १६:१५

काठमाडौं । ललितपुर जिल्लाको बागमती गाउँपालिका –४ मा रहेको प्युटारको बुढीदेबी डाँडामा लागेको आगलागी अझै नियन्त्रण बाहिर रहेको छ ।
मंगलबार साँझबाट लागेको आगालागी अझै नियन्त्रण नभएको हुँदा उक्त आगलागीबाट अन्यन्त्र समेत सर्ने सम्भावना भएकाले सम्पूर्ण नागरिकलाई सचेत रहन गाउँपालिकाले आग्रह गरेको हो ।
साथै, गाउँपालिकाले सम्पूर्ण सरोकारवाला निकायहरु, बुद्धिजीवी, समाजसेवी लगायत सम्पूर्ण प्युटार बासीलाई डढेलो नियन्त्रण गर्ने कार्यमा सहयोग गर्न अनुरोध गरेको छ ।