बिद्युत प्राधिकरणद्वारा पीपीए खुलाउने निर्णय

१३ चैत्र २०८१, बुधबार १६:०५

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले (पीपीए) खुलाउने सहितका तीन निर्णय गरेको छ । प्राधिकरणको मंगलबार बसेको सञ्चालक समितिको बैठकले विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) खुला गर्ने सहितका ३ निर्णय गरेको हो ।

मंगलबार बसेको सञ्चालक समिति बैठकले सरकारले १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सहितको ऊर्जा विकास मार्गचित्र स्वीकृत गरेकाले यस अनुसार पीपीए खुल्ला गर्ने निर्णय प्राधिकरणले जानकारी दिएको छ ।

यस्तै, मंगलबारकै बोर्ड बैठकले प्राधिकरणको अवस्था सार्वजनिक गर्न श्वेतपत्र जारी गर्ने र विपन्न समुदायका लागि राहतको प्याकेज घोषणा गर्ने निर्णय भएको प्राधिकरणका एक जना सञ्चालकले जानकारी दिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*