एलआइसी नेपालका अभिकर्ताको अधिवेशन चैत १५ गते, सबैलाई उपस्थित हुन अनुरोध

१३ चैत्र २०८१, बुधबार १५:४७

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति एलआइसी नेपालको अधिवेशन चैत १५ गते हुने भएको छ ।

उक्त अधिवेशन मधेश प्रदेशको जनकपुर धाममा विहान ८ बजे सञ्चालन हुने छ । संस्थाको चौथो अधिवेशनलाई तोकिएकै मितिमा सम्पन्न गर्नको लागि नेपाल अधिराज्य भरबाट छनौट भएका अधिवेशन प्रतिनिधि तथा संगठन प्रेमि अभिकर्ताहरुलाई उपस्थितीको लागि अधिवेशन परिचालन कमिटी बीमक समिति एलआइसी नेपालले अनुरोध गरेको छ ।

संस्थाले केही अराजक गतिविधि गर्ने मनस्थिती भएका अभिकर्ताहरुले अधिवेशन भाड्न खोजेको भएपनि उनीहरुको वहकाउमा नपरी तथा नडाराईकन इमान्दारीता पूर्वक अधिवेशनमा सहभागी भई भव्य रुपमा सम्पन्न गर्न सम्पूर्ण अभिकर्तालाई आह्वान गरेको जारी विज्ञप्तीमा उल्लेख छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*