शेयर बजार ४० अंकले बृद्धि, सबै उपसूचकमा हरियाली

१३ चैत्र २०८१, बुधबार १५:०७

काठमाडौं । केहीदिन यता निरन्तर घटीरहेको शेयर बजार आज उच्च अंकले बढेको छ । आज नेप्से परिसूचक ४०.४७ अंकले बढेर २६२३.२१ को बिन्दुमा कायम भएको छ ।

बुधबार कारोबार भएका ३१७ वटा कम्पनीको ९१ लाख ४२ हजार कित्ता शेयर किनबेच हुँदा चार अर्ब २० करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबै उपसूचकमा हरियाली छाएको छ । बैंकिङ्ग इन्डेक्स सर्वाधिक अंकले बृद्धि भएको छ ।

आज २३१ कम्पनीको शेयर मूल्य बढेको छ भने १२ वटाको मात्र शेयरमूल्य घटेको छ । राप्ति हाइड्रो एण्ड जनरलको शेयरमूल्य सबैभन्दा बढी प्रतिशतले बृद्धि भएको छ भने हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*