बैंकिङ्ग कसुरमा जिसस काभ्रेका प्रमुख दिपक कुमार गौतम पक्राउ
१३ चैत्र २०८१, बुधबार १३:१२

काठमाडौं । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपककुमार गौतमलाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुरको आरोपमा गौतमलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनी विरुद्ध बैंकिङ कसुरसम्बन्धी तीन वटा जाहेरी परेपछि पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । काभ्रेमा पनि उनीविरुद्ध ३ वटा जाहेरी परेको छ ।