इटहरीको सेन्ट्रल प्लाजाबाट १६ जनाको उद्धार, घटनास्थलमा सेनाको हेलिकप्टर परिचालन

१३ चैत्र २०८१, बुधबार १२:४३

काठमाडौं । सुनसरीको इटहरीस्थित सेन्ट्रल प्लाजामा भएको आगलागीबाट हालसम्म १६ जनाको उद्धार गरिएको छ। आगलागी नियन्त्रण तथा उद्धार कार्यमा सहयोग गर्न नेपाली सेनाको हेलिकप्टर समेत घटनास्थलमा परिचालित भएको छ।

प्लाजामा अन्य मानिस पनि फसेको हुन सक्ने भएकाले नेपाली सेनाको टोली खोजी तथा उद्धारका लागि प्लाजा भित्र पसेको जानकारी प्रहरीले दिएको छ।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी तीन सयभन्दा बढी सुरक्षाकर्मी खटिएका छन्। विभिन्न ६ वटा दमकल प्रयोग गरेर समेत आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*