सुनसरीको सेन्टर प्लाजामा आगलागी

१३ चैत्र २०८१, बुधबार १२:०८

काठमाडौं । सुनसरी जिल्लाको इटहरी उपमहानगर –६ मा रहेको सेन्टर प्लाजामा आगलागी भएको छ ।

बुधबार प्लाजामा बिहान ९ बजेर ४३ मिनेटको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले बताए ।

गलागी लगत्तै उक्त भवनभित्र रहेका मानिसको उद्धार गरिएको तर तीन जना भने भित्रै रहेको जानकारी पाएको उनको भनाइ छ ।आगो निभाउनका लागि १० वटा दमकल परिचालन गरिएको छ । यद्यपि आगो नियन्त्रणमा आउन नसकेको जनाइएको छ ।

प्लाजामा केही मानिसहरु भित्रै रहेको र आगलागी नियन्त्रणमा नआएपछि गृहमन्त्री रमेश लेखकको पहलमा सेनाको हेलिकप्टर आगो नियन्त्रणको लागि पठाएको बताइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*