कुलमानलाई बिना कारण किन हटाएको भन्दै विपक्षी दलद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध
१३ चैत्र २०८१, बुधबार ११:५१

काठमाडौं । विपक्षी दलहरूले विद्युत प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङलाई विना कारण हटाएको भन्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन् । सभामुख देवराज घिमिरेले बुधबारको सदन सुरु गर्ने वित्तिकै विपक्षी दलहरूले उठेर अवरोध गरेका हुन् ।
त्यसपछि सभामुख घिमिरेले माओवादी सांसद शक्ति बस्नेतलाई बोल्न समय दिए । बस्नेतले संख्याको बलमा जनताका आशा गुमाउन सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको बताए ।