सिटी एक्सप्रेसको ‘१८औं वर्षमा १८ गुणा’ योजनाः उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न

१३ चैत्र २०८१, बुधबार ११:४७

काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफरले आफ्नो १८औं वार्षिकोत्सव अवसरमा सञ्चालन गरेको “१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौं गुणा” योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ।

काठमाडौं कमलादीस्थित आफ्नै कार्यालयमा आयोजित कार्यक्रममा कोरियाबाट निराजन ढकालले जी मनि ट्रान्समार्फत पठाएको रेमिट्यान्सको १८ गुणा रकम जितेका थिए। उक्त रकम उनकी आमा निर्मला तिवारीलाई हस्तान्तरण गरिएको थियो।

कार्यक्रममा सिटी एक्सप्रेस मनि ट्रान्सफरका ब्रान्ड एम्बेसडर एवं चर्चित हास्य कलाकार जितु नेपालको पनि उपस्थिति रहेको थियो।

एक्सप्रेसका अनुसार यो योजना अन्तर्गत लक्की ड मार्फत् विभिन्न उपहार विजेताहरू घोषणा गरिएका छन्। हरेक दिन १८ जना विजेताले ५०० रुपैयाँको सिटी पे वालेट टप–अप जित्ने अवसर पाए भने हरेक हप्ता २ जनाले सामसुङ स्मार्ट टिभी जितेका छन्। यस्तै हरेक महिना २ जनाले सामसुङ स्मार्टफोन प्राप्त गरेका छन्।

अन्त्यमा एक भाग्यशाली बम्पर विजेताले आफूले पठाएको रेमिटान्सको १८ गुणा बढी रकम जित्ने अवसर पाउने व्यवस्था गरिएको थियो। हालसम्म १६२० जनाले दैनिक उपहार, २४ जनाले साप्ताहिक उपहार र ६ जनाले मासिक उपहार जितिसकेका छन्।

सिटी एक्सप्रेस मनि ट्रान्सफरले विगत १८ वर्षदेखि संसारभरबाट रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ। हालै कम्पनीले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानी सेवा समेत शुरू गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*