ईभी गाडीको भन्सार छलीमा तत्कालीन भन्सार प्रमुख शोभाकान्त पौडेलकै मिलेमतो !

काठमाडौं । बहु चर्चित इभीले भन्सार छली गरेको काण्डमा तत्कालिन भन्सार विभागका प्रमुख सह सचिव शोभाकान्ता पौडेलको समेत मौन समर्थन रहेको तथ्य भेटिएको छ ।
भन्सार छलीमा संलग्न भएका विवाईडीसहितका गाडीहरुले नेपालकै भन्सार हुँदै गाडीहरु नेपाल भित्राएको र सो सम्बन्धमा बिषय मिडियामा बाहिर आएपछि पनि तत्कालिन भन्सार प्रमुख पौडेलले कुनै छानविन नगरी आफू सरुवा भएर मुद्दा ढिसमिस पारेको रहस्य खुलेको छ । पौडेल २०८० जेठ १५ गते बजेट सार्वजनिक भए लगत्तै जेठ १७ गते भन्सार विभागको महानिर्देशक भएका थिए । पौडेल २०८० चैत्र १८ गतेसम्म भन्सार प्रमुख भएर काम गरेका थिए ।
प्राप्त जानकारी अनुसार सबैभन्दा धेरै इभी गाडीमा जडित मोटरको वाट छली गरेर राजश्व छली गरिएको सोही अवधीमा भएको खुलेको छ । उक्त समयमा नेपालमा पछिल्लो समय ‘प्यासेन्जर’ भेइकलमा इलेक्ट्रिक गाडीहरुको खपत धेरै रहेको थियो । बिवाईडीसहितका कम्पनीले भने गाडीको क्षमता नै कम देखाएर राजस्व छली गरि गाडी भित्याउँदा पौडेलले कुनै कारवाही नगरी उल्टै संरक्षण गरेको आरोप लगाइएको छ ।
विशेष गरि सर्वाधिक बिक्रि वितरण भइरहेको बिवाईडी गाडीले दुई अर्बभन्दा बढि कर छली गरेको अनौपचारिक तथ्याङ्क छ । बिवाईडीका एटिटिओ ३ सहितका विभिन्न मोडलका गाडीहरु नेपाल भित्राउँदा भन्सार कार्यालयमा झुठो विवरण पेश गरी गाडीमा जडित मोटरको वाट कृत्तिम देखाएर कम राजश्वी तिरी भन्सार छली गरिएको थियो । बिवाईडीको एटिटिओ ३ गाडीमा १५० किलोवाटको मोटर रहेको भएपनि ढाँटेर १०० किलोवाट भन्दै कर छली गरेको थियो । नेपालमा सो गाडी सर्वाधिक बिक्री हुने गाडीभित्र पर्दछ ।
आव २०८०।८१ को भन्सार महसुल अनुसार १०० किलोवाट इभी गाडीमा जम्मा १५ प्रतिशत भन्सार १० प्रतिशत अन्तशुल्क मात्रै लाग्दछ । त्यस्तै, सो इभी गाडीमा १५० किलोवाटको मोटर क्षमता अनुसारको भन्सार महसुल २० प्रतिशत र २० प्रतिशत अन्तशुल्क तिर्नुपर्दछ । यसरी एउटै गाडीको भन्सारमा १५ प्रतिशत फरक पार्दा सरकारलाई प्रतिगाडी करिब छ देखि नौ लाख रुपैयाँ भन्दा बढि भन्सार न्यून हुन आएको थियो । साईमेक्स इन्कले बिवाईडीका एउटै गाडीमा १५ प्रतिशत भन्सार शुल्क छली गरेको थियो । भन्सार छलीका लागि बिवाईडीको नेपालस्थित आधिकारिक बिक्रेता साइमेक्स इन्कले भन्सारमा झुठो विवरण पेश गरेको थियो ।
यसमा साथ लिने प्रमुख पात्र हुन्, तत्कालिन भन्सार विभागका महानिर्देशक शोभकान्त पौडेल । उनको मिलेमतोमा नै बीवाईडीको गाडी आयात हुँदा भन्सार छलि भएको पाइएको हो । उनकै कार्यकालमा भएको सो काण्डको उनकै कार्यकालमा विभिन्न समाचारहरु बाहिर आएको भएपनि पौडेलले कुनै कारवाही नै नगरी, छानविन नै नगरी, भन्सार ऐनको पूर्ण पालना समेत नगरी कर छली गर्ने कम्पनीलाई उन्मुक्ति दिएका थिए ।
भन्सार पुनः मूल्याङ्न हुन्छ ?
कुनै पनि वस्तु भन्सार पास गराउँदा मूल्य स्वघोषण गर्ने हो । त्यसपछि भन्सार कार्यालयले भन्सार मूल्याङ्कन निर्देशिका बमोजिम भन्सार शुल्क निर्धारण गर्छ ।
कुनै वस्तुमा शंका लागेको खण्डमा भन्सार विभागले पुनः मूल्याङ्न समेत गराउन सक्दछ । त्यसको लागि भन्सार विभागमा छुट्टै शाखा समेत खडा गरिएको छ । तर विडम्बना नै भन्नुपर्छ भन्सार छलि भएको भन्दै चौतर्फी चर्चा र बलढ्याङ्ग्रे हेडिङमा समाचारहरु प्रकाशित हुँदा समेत कुनै छानविन नै गरिएन । बीवाईडी आयात गर्ने कम्पनीलाई तत्कालिन भन्सार प्रमुख पौडेलले निगरानीमा नै नराखेको भन्सार विभाग स्रोतले जनाएको छ ।
बिवाईडीको कर सहसचिव पौडेल अहिले अर्थमन्त्रालयको आर्थिक नीति तथा विश्लेषण महाशाखा प्रमुखको रुपमा कार्यरत छन् । सो सम्बन्धमा जिज्ञाशा राख्दा पौडेलले आफूलाई पुरानो कुरा थाहा नभएको बताए । साथै भन्सार विभागमा हाल बिवाईडी सहितका इभी गाडीहरुले वाट कम देखाएर भन्सार छली गरेको सम्बन्धमा छानविन के भइरहेको छ कोही बताउन तयार छैनन् । त्यसो त उतिबेला पनि सामान्य छानविन गरेको भनेर हल्ला गरेको भएपनि उल्टै सेटिङ हानेर मिलाइएको बताइन्छ ।
बिवाईडीद्धारा करिब दुई अर्ब कर छली, भन्सार विभागद्धारा छानविनमा आनाकानी
अर्बौ राजस्व छलि गर्ने बिवाईडीको साइमेक्स इंकमा राजस्व अनुसन्धान विभागको छापा