बुधबार कतिमा हुदैछ सुुन–चाँदीको कारोबार ?

१३ चैत्र २०८१, बुधबार १०:५५

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बुधबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ३०० सय रुपैयाँले बढेर १ लाख ७३ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार छापावाल सुनको मूल्य १ लाख ७३ हजार २०० रुपैयाँ कायम रहेको थियो ।

यता, आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १९ सय ९० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार चाँदीको भाउ प्रतितोला १९ सय ८० रुपैयाँ कायम रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*