नबिल बैंकको सीईओ ढुङ्गानाको राजिनामा स्वीकृत, कामु सीईओमा ज्ञवाली नियुक्त
१३ चैत्र २०८१, बुधबार १०:२८

काठमाडौं । नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुङ्गानाको राजिनामा स्वीकृत गर्दै कायम मुकायम सीईओमा मनोज कुमार ज्ञवालीलाई नियुक्त गरेको छ।
बैंकको चैत १३ गते बिहान साढे ८ बजे बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो। सीईओ ढुङ्गानाले चैत १० गतेदेखि लागू हुने गरी पदबाट राजिनामा दिएका थिए।
बैंकले उक्त निर्णय स्वीकृत गर्दै बैंककै वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत मनोज कुमार ज्ञवालीलाई कामु सीईओको रूपमा जिम्मेवारी तोकेको कम्पनी सचिव विश्वप्रकाश पौडलले जानकारी दिएका छन्।
Loading...