आज पुनः ३० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
१३ चैत्र २०८१, बुधबार १०:१२

काठमाडौं । बैंकिङ्ग प्रणालीमा तरलता अधिक भएपछि नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरण मार्फत् आज पुनः ३० अर्ब रुपैयाँ तान्ने भएको छ।
यसको बोलकबोल दिउँसो ३ बजेसम्म हुनेछ भने साँवा तथा ब्याज भुक्तानी मिति आगामी वैशाख ३ गते तोकिएको छ। यसमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन सक्नेछन्।
राष्ट्र बैंकका अनुसार घटीमा १० करोड र बढीमा ५ करोडले निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सकिनेछ। यसको ब्याजदर निर्धारण बोलकबोलबाटै हुने बैंकले जानकारी दिएको छ।
Loading...