विन नेपाल लघुवित्तको एफपीओ चैत २१ गतेदेखि

१३ चैत्र २०८१, बुधबार ०९:००

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी चैत २१ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) गर्ने भएको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा ५१ हजार २९२.५ कित्ता एफपीओ सर्वसाधारणमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो।

यसमा आवेदन दिँदा घटीमा १० कित्ता र बढीमा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। यसमा लगानीकर्ताले चैत २६ गतेसम्म आवेदन दिन सक्नेछन्।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*