गुराँस लघुवित्तमा कर्मचारी माग, कति चाहिन्छ योग्यता?
१३ चैत्र २०८१, बुधबार ०७:४६

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले अधिकृत र सहायक श्रेणीमा कर्मचारीहरू माग गरेको छ।
कम्पनीले कनिष्ठ अधिकृत २ जना, सुपरभाइजर १ जना त्यसैगरी सहायक, कनिष्ठ सहायक र कनिष्ठ सहायक प्रशिक्षार्थी (तालिमे) पदमा केही संख्यामा आवेदन खुलाएको हो।
तोकिएको योग्यता पुगेका इच्छुक व्यक्तिहरूले चैत २७ गते भित्र आवश्यक कागजात सहित दरखास्त आवेदन दिइसक्नु पर्नेछ।