सोपान मल्टिपलको ३ लाख कित्ता शेयर बिक्रीमा
१३ चैत्र २०८१, बुधबार ०६:३८

काठमाडौं । सोपान मल्टिपल कम्पनी लिमिटेडले ३ लाख ३ हजार ४२६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले यी शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र किन्न पाउने गरी बिक्रीमा राखेको हो।
उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी १५ दिन भित्र आफूले किन्न चाहेको शेयर संख्या तथा मूल्य खुलाएर काठमाडौंको सुविधानगरस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा निवेदन दिनु पर्नेछ।
तोकिएको समयावधि भित्र संस्थापक शेयरधनीबाट शेयर खरीदका लागि आवेदन नआएमा सो शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ।