चार कम्पनीको करिव एक करोड कित्ता बोनश शेयर सूचीकृत, कुनको कति ?
१२ चैत्र २०८१, मंगलवार १७:१५

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा चार कम्पनीको कुल ९७ लाख ८ हजार ७०८ दशलमव ८७ कित्ता बोनश शेयर सूचिकृत भएको छ ।
मंगलबार नेप्सेमा सांग्रिला डेभलपमेन्ट बैंकको ३ दशलमव ६५१६ प्रतिशत बोनश शेयर वापत १२ लाख ५२ हजार ८४४ दशलमव १७ कित्ता बोनश शेयर सूचिकृत भएको छ ।
त्यस्तै, आज नेप्सेमा सुपर मादी हाइड्रोपावरको ७ प्रतिशत बोनश वापत ३ लाख ५० हजार कित्ता शेयर, चिलिमे हाइड्रोपावरको १० प्रतिशत बोनश शेयर वापत ७९ लाख ८३ हजार ९९७ दशलमव २० कित्ता र कुथेली बुखरी स्मल हाइड्रोको १० प्रतिशत बोनश शेयर वापत १ लाख २१ हजार ८६७ दशलमव ५० कित्ता बोनश शेयर सूचिकृत भएको छ ।
आज सूचीकृत भएको उक्त बोनश शेयर भोलि अर्थात बुधबारदेखि दोस्रो बजारमा कारोबार हुने भएको छ ।