कुलमानलाई हटायौ, अब उद्योगीबाट वक्यौता कहिले उठाउँछौं?: हरि ढकाल

१२ चैत्र २०८१, मंगलवार १६:४५

काठमाडौं । सार्वजनिक लेखा समिति बोल्दैमा सांसद हरि ढकालले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको सरकारको निर्णयलाई कायरता भन्दै कडा आलोचना गरेका छन्। उनले घिसिङलाई हटाएपछि उद्योगीहरूबाट विद्युत बक्यौता उठाउने विषयमा सरकारको धारणा स्पष्ट गर्न माग गरेका छन्।

ढकालका अनुसार कुलमान घिसिङले विद्युत बक्यौता उठाउने पहल गर्दा नै सरकारले उनलाई हटाएको हो। ‘अब उद्योगीहरूको लाइन मात्र जडान गरिरहने कि बक्यौता पनि उठाउने?’ उनले प्रश्न गरे। सरकारको निर्णयले जनतामा असन्तोष बढेको भन्दै उनले विद्युत प्राधिकरणको नेतृत्व परिवर्तनको पछाडि स्वार्थ लुकेको संकेत गरे।

साथै, उनले सिमेन्टको मूल्य अस्वाभाविक रूपमा बढेको र लेखा समितिले यसबारे निर्णय गरे पनि सरकारले कार्यान्वयन नगरेको आरोप लगाए। ‘राजस्व उठाउन सरकार असफल देखिएको छ। भुक्तानी दिन नसक्ने अवस्थामा छ। विकासका नाममा अनुत्पादक टावर बनाउँदै लगानी खेर फालिएको छ’ उनले भने।

सरकारको नीति संसद् र सडक दुवै स्थानबाट आलोचना गरिने उनले स्पष्ट पारे।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*