सडकमा जनता ओर्लिरहेको बेला सत्तारुढ दलको बैठक सुरु
१२ चैत्र २०८१, मंगलवार १६:११

काठमाडौँ । कुलमान घिसिङलाई विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई पदबाट हटाएपछि सडकमा आन्दोलन चर्कि रहेको अवस्थामा सत्तारुढ दलहरूबीच छलफल सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरू उपस्थित रहेको बैठक चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सरकारको हालको नीति तथा समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेर बैठक आयोजना गरिएको बताइएको छ। सत्ता साझेदार दलहरूबीच सहमति आवश्यक पर्ने मुख्य मुद्दाहरूमा छलफल भइरहेको स्रोतले जनाएको छ।
मुख्यतः कुलमानलाई हटाएपछि उठेको जनविद्रोहका छलफल केन्द्रित हुने जनाएको छ । पछिल्लो समय राजावादीहरुको आगमनबारे समेत छलफल हुने जनाइएकोछ ।