दुई पुनर्बीमाको सबैभन्दा बढी कारोबार, यी कम्पनीबाट निस्किए लगानीकर्ता
१२ चैत्र २०८१, मंगलवार १५:०४

काठमाडौं । कारोबार साताको तेस्रो दिन अर्थात मंगलबारमा शेयर बजार उच्च अंकको गिरावट आएको छ । हिमालयन रि इन्स्योरेन्सको आज पनि सबैभन्दा बढी शेयर कारोबार भएको छ । कम्पनीको २२ करोड ९० लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको छ ।
साथै, नेपाल रि इन्स्योरेन्सको २० करोड ६२ लाख रुपैयाँ, युनाइटेड मोदी हाइड्रोपावरको १७ करोड ११ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्टक्चरको १४ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।