कुलमानकाे पक्षमा माइतिघरमा प्रदर्शन
१२ चैत्र २०८१, मंगलवार १४:०९

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएपछि काठमाडौंको माइतीघरमा उनको समर्थनमा प्रदर्शन भएको छ।
युवाहरूको अगुवाइमा आयोजित प्रदर्शनमा सरकारको निर्णयको विरोध गर्दै कुलमानलाई पुनः प्राधिकरणको नेतृत्वमा ल्याउनुपर्ने माग उठाएका छन् । सहभागीहरूले सरकारको कदमलाई जनविरोधी भन्दै स्वतःस्फूर्त रूपमा सडकमा उत्रिएको बताइरहेका हुन् ।
प्रदर्शनकारीहरूले घिसिङलाई हटाउने निर्णयलाई निरंकुश र भ्रष्टाचार प्रवर्द्धन गर्ने कदमका रूपमा व्याख्या गर्दै सरकारको आलोचना गरेका थिए। उनीहरूले ‘जनताको बिजुली, जनताको हक’, ‘निष्पक्ष नेतृत्व चाहिन्छ, भ्रष्टाचार होइन’, ‘कुलमानलाई फर्काऊ’ जस्ता नारासहित प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।