राजावादीले काठमाडौंमा चैत १५ गते विशाल जनप्रदर्शन गर्ने

१२ चैत्र २०८१, मंगलवार १३:४२

काठमाडौं । राजावादीहरूले राजसंस्था पुनर्स्थापनाको माग गर्दै यही चैत्र १५ गते राजधानी काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने घोषणा गरेका छन्।

राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले एक विज्ञप्ति जारी गर्दै शुक्रबार विशाल जनप्रदर्शन गर्ने बताएका हुन्।

विज्ञप्तिमा राजसंस्थावादी पार्टी, समूह तथा व्यक्तिहरूलाई प्रदर्शनमा सहभागी हुन अपील गरिएको छ। सुवेदीले नेपाल अहिले राजनीतिक संक्रमणको दौरबाट गुज्रिरहेको उल्लेख गर्दै देशभक्त तथा राजसंस्थावादी शक्तिहरू एकतावद्ध हुनुपर्ने आवश्यकता औंल्याएका छन्।

उनका अनुसार देश निरन्तर कमजोर बन्दै गएकाले राजसंस्थावादी आन्दोलनलाई सशक्त रूपमा अघि बढाउने उद्देश्यले उनले संयुक्त जनआन्दोलन समितिको नेतृत्व लिएका हुन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*