नबिल बैंकका सीईओ ज्ञानेन्द्र प्रसाद ढुंगानाको राजीनामा

१२ चैत्र २०८१, मंगलवार १३:३५

काठमाडौँ । नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुंगानाले राजीनामा दिएका छन् । नेपाल राष्ट्र बैंकको सम्भावित गभर्नरका प्रमुख दावेदार मानिएका ढुंगानाले बैंकको सीईओ पदबाट राजिनामा दिएका हुन् ।

ढुंगानाले आफ्नो कार्यकाल सकिन डेढ वर्ष बाँकी रहँदै चैत १० गतेदेखि लागू हुने गरी राजिनामा दिएका हुन्। गभर्नर नियुक्तिमा कुनै प्राविधिक जटिलता नहोस् भन्ने उद्देश्यले उनले स्वेच्छिक रूपमा पद त्यागेको बताइएको छ ।

ढुंगाना नेपाली कांग्रेसका सांसद विनोद चौधरी निकट रहेको बुझिन्छ । चौधरी कै सेटिङमा उनी गर्भनर बन्ने दौडमा रहेका छन् ।

सीईओ पदमै रही गभर्नरको दौडमा रहँदा हितसम्बन्धको द्वन्द्व पदको दुरुपयोग वा निष्पक्षतासम्बन्धी प्रश्न उठ्न सक्ने भएकाले उनले समयमै जिम्मेवारी छोड्ने निर्णय लिएका हुन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*