साल्ट ट्रेडिङ आर्थिक सूचकमा मजबुतः वर्षदिनमा १३ अर्बको व्यापार, दोस्रो बजारमा समेत तहल्का

१२ चैत्र २०८१, मंगलवार ११:५६

काठमाडौं । १९६३ मा स्थापित साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड नेपालमा नुन आपूर्तिको लागि विशेष रूपमा जिम्मेवार सार्वजनिक–निजी साझेदारी कम्पनी हो । नेपाल सरकारको ११.६ प्रतिशत स्वामित्व रहेको यस कम्पनीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ९.७ प्रतिशत स्वामित्व छ भने बाँकी ७८.७ प्रतिशत शेयर सर्वसाधारणको स्वामित्वमा रहेको छ ।

कम्पनीले नुनका अतिरिक्त विभिन्न खाद्य वस्तु तथा सरकारद्वारा अनुदान प्राप्त मलको व्यापार समेत गरिरहेको छ । पछिल्ला वित्तीय सूचकहरूले कम्पनीको स्थिरता र निरन्तर आर्थिक वृद्धिको संकेत गरेको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशनको वार्षिक आम्दानीमा उल्लेखनीय सुधार देखिएको छ । सन् २०२४ मा कम्पनीले १३ अर्ब ३५ करोड रुपैयाँ आम्दानी गरेको छ, जुन सन् २०२३ मा ८ अर्ब ७७ करोड ४० लाख रुपैयाँ रहेको छ । कम्पनीले स्न २०२२ मा ७ अर्ब १७ करोड र चालू आर्थिक वर्ष २०८१।०८२ को पहिलो छ महिनामा नै ४ अर्ब ५८ करोड ४० लाख रुपैयाँको आम्दानी हासिल भएको छ ।

कम्पनीको सञ्चालन मुनाफा मार्जिन निरन्तर सुधार भइरहेको छ । सन् मा ४.३ प्रतिशत रहेको मार्जिन चालू वर्ष २०८१।०८२ को पहिलो छ महिनामा ६.९ प्रतिशत पुगेको छ । सन् २०२३ मा भने ५.९ प्रतिशत र सन् २०२२ मा ४.७ प्रतिशत रहेको थियो । पछिल्लो वृद्धिले कम्पनीको सञ्चालन दक्षता र लागत व्यवस्थापन प्रभावकारी रहेको देखाएको छ ।

कम्पनीको कुल ऋण अनुपात सन् २०२४ मा ३.६ गुणा रहेको थियो, जुन सन् २०२३ मा १.८ गुणा थियो । चालू वित्तीय वर्ष २०८१।०८२ को पहिलो छ महिनामा भने यो ४.१ गुणा पुगेको छ । उच्च ऋणको व्यवस्थापन गर्दै कम्पनीले आफ्नो वित्तीय स्थायित्वलाई मजबुत बनाइरहेको छ।

कम्पनीको कुल बाह्य दायित्व अनुपात सन् २०२४ मा ६.५ गुणा रहेको थियो भने चालू आर्थिक वर्षको पहिलो छ महिनामा ५.६ गुणा कायम छ । यो सूचक कम्पनीको बजारमा रहेको विश्वास र वित्तीय व्यवस्थापनको सुदृढता दर्शाउने एउटा महत्वपूर्ण पक्ष हो । कुल ऋण÷ सञ्चालन मुनाफा सन् २० २४ मा यो अनुपात ७.६ गुणा थियो भने चालू वर्षको पहिलो छ महिनामा ८.३ गुणा पुगेको छ । कम्पनीले वित्तीय सन्तुलन कायम राख्दै ऋण व्यवस्थापनलाई प्रभावकारी ढंगले अगाडि बढाइरहेको देखिन्छ ।

ब्याज कवरेज अनुपात सन् २०२४ मा १.० गुणा रहेको थियो, जुन चालू आर्थिक वर्षमा १.१ गुणा पुगेको छ । ऋण भुक्तानी क्षमताको सूचक सन् २०२४ मा १.० गुणा रहेको थियो भने चालू आर्थिक वर्षमा १.१ गुणा पुगेको छ । यो सूचक बैंक तथा वित्तीय संस्थाहरूका लागि सकारात्मक सन्देश हो ।

सन् २०२४ मा कम्पनीको नेट वर्किङ क्यापिटल अनुपात १६ प्रतिशत रहेको थियो भने चालू वर्षको पहिलो छ महिनामा २८ प्रतिशत पुगेको छ । यसले कम्पनीको तरलता यवस्थापनमा सुधार आएको छ । कम्पनीको चालु अनुपात सन् मा ०.८ रहेको थियो भने चालू आर्थिक वर्षमा ०.७ रहेको छ । यो अनुपातले कम्पनीको छोटो अवधिको वित्तीय दायित्व व्यवस्थापन क्षमतालाई दर्शाउछ ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको पछिल्ला वित्तीय सूचकहरू हेर्दा कम्पनीको आर्थिक अवस्था सबल देखिन्छ । आम्दानीमा सुधार, सञ्चालन मुनाफा वृद्धिलगायतका सूचकहरूले कम्पनीको निरन्तर वृद्धि र वित्तीय सुदृढता संकेत गरेका छन् । प्रभावकारी वित्तीय व्यवस्थापन र स्थिर सञ्चालन रणनीतिका कारण कम्पनी आगामी वर्षहरूमा अझ मजबुत बन्दै जाने अपेक्षा गरीएको छ ।

कम्पनीले ६ अर्ब रुपैयाँ बैंक कर्जाका लागि रेटिङ गराएको छ । जसमध्ये लङ ट्रम ६ करोड ५० लाख रुपैयाँका लागि ‘केयर एनपी एलबिबि असाइन्ड’ र सर्ट ट्रम बैंक कर्जाका लागि ५ अर्ब ९३ करोड ५० लाख कर्जाका लागि ‘केयर एनपी ए४ असाइन्ड’ प्लस रेटिङ पुनः पुष्टि गरेको छ ।

कम्पनीले नेपालभरि ९० भन्दा बढी डिलर÷वितरकहरू मार्फत बिक्री च्यानल स्थापना गरेको छ । साथै, कम्पनीले धान, गहुँ, चिनी, ग्यास, सिमेन्ट, कागज जस्ता विभिन्न वस्तुहरूको व्यापार समेत गर्छ ।

दोस्रो बजारमा कम्पनीको शेयर मूल्य समेत उच्च छ । यस कम्पनीमा लगानीकर्ताको आकर्षक समेत रहेको देखिन्छ । हाल कम्पनीको शेयर मूल्य (चैत ११ गते) पाँच हजार २११ रुपैयाँ रहेको छ । कम्पनी वित्तीय सूचकमा अब्बल हुँदा कम्पनीको शेयर मूल्यमा अझै आकर्षक थपिदै गएको छ । प्रदिप लाल श्रेष्ठ कम्पनीको अध्यक्ष हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*