कुलमानलाई हटाएको विरोधमा अनेरास्ववियूको प्रदर्शन, ऊर्जामन्त्रीको पुत्ला जलाइयो

१२ चैत्र २०८१, मंगलवार ११:०५

काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएपछि नेकपा एसनिकट अनेरास्ववियूले विरोध प्रदर्शन गरेको छ। काठमाडौंको प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पस नजिक संगठनका कार्यकर्ताहरूले सरकारविरुद्ध नाराबाजी गर्दै सडकमा उत्रिएका हुन्।

प्रदर्शनका क्रममा उनीहरूले ‘कुलमान हटाउने निर्णय फिर्ता गर भन्ने मागसहित नाराबाजी गरेका थिए। साथै, ऊर्जामन्त्री दीपक खड्काको पुत्ला जलाएर सरकारको निर्णयको विरोध जनाएका थिए।

विरोध प्रदर्शनमा सहभागी विद्यार्थी नेताहरूले कुलमान घिसिङलाई हटाउनु ऊर्जा क्षेत्रमा पछाडि फर्कने निर्णय भएको भन्दै सरकारको आलोचना गरेका छन्। उनीहरूले सरकारलाई निर्णय पुनर्विचार गर्न चेतावनी समेत दिएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*