बालेनको सरकारलाई चुनौती: ‘मलाई जेल हाल’

१२ चैत्र २०८१, मंगलवार १०:५२

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि आरोप लगाउँदै सरकारलाई आफूलाई जेल हाल्न चुनौती दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत लेख्दै, ‘यति धेरै कानुन मिच्ने भ्रष्टाचारीलाई बचाउने सरकार अनि हामीले सुशासनको कुरा भाषणमा मात्र सुन्नुपर्ने? माथिको कुरा गलत भए मलाई जेल हाल’ भनेका छन्।

बालेनले गुरागाईंलाई भ्रष्टाचारको आरोप लगाउँदै छानबिन समितिले दिएको राय प्रतिवेदन अस्वीकार गरेका थिए। सो समितिले काठमाडौं टावरको नक्सा पास प्रक्रियामा गुरागाईं निर्दोष रहेको प्रतिवेदन दिएपछि बालेनले महानगरकै तीन विभागीय प्रमुखहरूलाई नयाँ प्रतिवेदन तयार गर्न लगाएका थिए।

बालेनले ती विभागीय प्रमुखहरूले तयार गरेको प्रतिवेदन मंगलबार सार्वजनिक गरेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*