यी तीन तरिकाबाट हेर्नुहोस् ओम मेगाश्रीको आईपीओको नतिजा
१२ चैत्र २०८१, मंगलवार ०९:५३

काठमाडौँ । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको आईपीओ बाँडफाँड भएको छ। आज मंगलबार बिहान बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले बाँडफाँड गरेको हो।
आईपीओमा रीतपूर्वक आवेदन दिएका १८ लाख ४८ हजार २९८ जनामध्ये भाग्यशाली १ लाख ४७ हजार ६०० जनाले १० कित्ता शेयर हात पारेका छन् भने बाँकीको हात खाली भएको छ। आईपीओको नतिजा केही बेरपछि अनलाईनबाट हेर्न सकिनेछ।
यसरी हेर्नुहोस् आईपीओको नतिजाः
सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट: https://iporesult.cdsc.com.np/
बिक्री प्रबन्धकको वेबसाइट: https://nmbcl.com.np/ipo
मेरो शेयरबाट: https://meroshare.cdsc.com.np/#/login