ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ बाँडफाँड, १ लाख ४७ हजार ६ सयले पाए १० कित्ता

१२ चैत्र २०८१, मंगलवार ०९:४५

काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आईपीओ मंगलबार (चैत १२) बाँडफाँड गरिएको छ। गोलाप्रथामार्फत गरिएको आईपीओ बाँडफाँडमा भाग्यशाली १ लाख ४७ हजार ६०० जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्।

आइपीओमा कुल २० लाख ५६ हजार ५७६ जनाले आवेदन दिएका थिए भने २ लाख ८ हजार २७८ आवेदन रद्द भएको क्यापिटलले जनाएको छ।। रीतपूर्वक आवेदन दिएका १८ लाख ४८ हजार २९८ जना आवेदकमध्ये भाग्यशाली लगानीकर्ताले शेयर पाएका छन् भने बाँकी आवेदकको हात रित्तो भएको छ।

यस कम्पनीले फागुन २७ देखि चैत ३ गतेसम्म सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता आईपीको बिक्री खुला गरेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*