पूरानो लाभांश लिन शेयरधनीलाई एनएमबि बैंकको आग्रह

१२ चैत्र २०८१, मंगलवार ०९:१६

काठमाडौं । एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०७४/७५ को (साबिक कञ्चन डेभलपमेन्ट बैंक) को लाभांश लिन बाँकी शेयरधनीहरूलाई बुझिलिन आग्रह गरेको छ।

पारित लाभांश ५ वर्षसम्म पनि सम्बन्धित शेयरधनीले नलिएमा नेपाल सरकारको लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नुपर्ने प्रावधान रहेकाले आगामी १ महीना भित्र लाभांश लिन आग्रह गरेको हो।

लाभांश लिन बाँकी शेयरधनीले बालुवाटारस्थित एनएमबि क्यापिटल लिमिटेडमा सम्पर्क गरी लाभांश बुझ्न सकिने बैंकले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*