क्षणिक लोभ वा ट्रेन्डलाई पछ्याएर वित्तीय निर्णय नगर्न राष्ट्र बैंकको सुझाव
१२ चैत्र २०८१, मंगलवार ०७:५६

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्षणिक लोभ वा टे«न्डलाई पछ्याएर वित्तीय निर्णय नगर्न सुझाव दिएको छ।
सामाजिक सञ्जालमा चर्चा पाएका सबै विषय र तिनका इन्फ्लूएन्सर्स सो विषयका विज्ञ नहुन सक्ने भएकाले इन्फ्लूएन्सर्सको कुराबाट प्रभावित भई वित्तीय निर्णय लिँदा आर्थिक नोक्सान हुन सक्ने राष्ट्र बैंकले जनाएको छ।
अहिलेको आधुनिक र खुल्ला युगमा सामाजिक सञ्जालमा पत्यारिला जस्ता लाग्ने थ्रुपै वित्तीय जानकारी, उपाय र सुझावहरू भेटिने भएकाले त्यस्तो उपाय वा सुझावमा भर पुर्नअघि आफैँले स्वाध्ययन, अनुसन्धान र गहन विचार वा विश्वसनीय स्रोतहरूसँग परामर्श गर्न सुझाव दिएको हो।