कृषि विकास बैंकको देशभर वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

१२ चैत्र २०८१, मंगलवार ०७:३६

काठमाडौं । विकास बैंक लिमिटेडले गत चैत्र ४ देखि १० गतेसम्म ग्लोबल मनि विक २०२५ अभियान अन्तर्गत सप्ताहव्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकका सात वटै प्रदेशमा रहेका प्रदेश कार्यालयहरू तथा बैंक अन्तर्गतका विभिन्न शाखाहरू मार्फत यस वर्षका लागि तय गरिएको “Think before you follow, wise money tomorrow” नारालाई टेवा पुर्‍याउने गरी प्रभातफेरी कार्यक्रम लगायत विभिन्न स्कूल तथा कलेजहरूमा विद्यार्थीहरू माझ साताव्यापी वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको बैंकले जनाएको छ ।

बैंकले विगतका वर्षहरूदेखि देशका सातै प्रदेशहरूमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना प्रदेश कार्यालय तथा शाखाहरू मार्फत् युवा, महिला, उद्यमी तथा अन्य समुदायलाई लक्षित हुने गरी वित्तीय साक्षरता कार्यक्रमहरू संचालन गर्दै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*