कुमारी बैंकको १६ लाख कित्ता शेयर बिक्रीमा

१२ चैत्र २०८१, मंगलवार ०७:१८

काठमाडौं । कुमारी बैंक लिमिटेडले १६ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले हाल उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र किन्न पाउने गरी बिक्रीमा राखेको हो।

शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिन भित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनु पर्नेछ।

शेयरको बिक्री मूल्य बिक्रेताले तोक बमोजिम हुने बैंकले जनाएको छ। साथै उक्त समयसीमा भित्र संस्थापक शेयरधनीहरूबाट शेयर खरीदका लागि आवेदन नपरेमा सो शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*