बलिरहेको बत्ति निभाएर मैन बत्ति बालेर कुलमानलाई हटाउने सरकारको निर्णयमा रविले जनाए बिरोध
११ चैत्र २०८१, सोमबार २३:३८

रास्वपाका सभापति रवि लामिछानेले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णयको बिरोध गरेका छन् ।
लामिछानेले सांकेतिक रुपमा घिसिङ हटाउने निर्णयको बिरोध गरेका हुन् ।
लामिछानेले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गरेका छन् । जहाँ उनले बलिरहेको बत्ति निभाएर मैन बत्ति बालेको देख्न सकिन्छ । लामिछानेले कुनै प्रतिक्रिया भनेका दिएका छैनन् ।
मौन देखिएका उनी सांकेतिक रुपमा केहीबेर मैनबत्ति बालेर बसेका हुन् ।