ओली सरकारलाई बालेनको ७ दिने चेतावनी, शासन व्यवस्था नै टुकुचा खोलामा गाडिदिने धम्की

११ चैत्र २०८१, सोमबार २२:३७

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले वर्तमान ओली नेतृत्वको सरकारलाई ७ दिने चेतावनी दिँदै काठमाडौं महानगरपालिकामा ७ दिनभित्रमा कार्यकारी नपठाए वर्तमान शासन व्यवस्था नै टुकुचामा गाडिदिने चेतावनी दिएका छन् । टुकुचा खोला काठमाडौंको सबैभन्दा धेरै ढल बग्ने दुर्गन्धित नदि हो । यहाँको पानीमा अक्सिजनको मात्रा शुन्य भएकोले जीवरहित पनि हो टुकुचा खोला ।

आज साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मेयर बालेनले भनेका छन्, ‘काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले बिगत ३ महिना देखी तलब पाको छैन, सरकारको दम्भले !
को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन , अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु !
त्यो पछी हेरौँला तिमी हरुको के के तन्त्र हो !!’

मेयर बालेन शाहको सो स्टाटस अहिले सामाजिक सञ्जालमा व्यापक भाइरल भइरहेको छ । उनले यस पटक निकै कडा शब्दमा शासन व्यवस्था माथि नै चुनौति दिएका छन् । यसअघि सिंहदरवारमा आगो लगाउने भन्दै स्टाटस हालेका बालेनले यस पटक शासन व्यवस्थालाई टुकुचामा गाडिदिने चेतावनी दिएका छन् ।

अझ रोचक कुरा त के छ भने राजावादीहरुले पछिल्लो समय गणतन्त्र अन्त्यको लागि निर्णायक आन्दोलनको तयारी गर्दै गर्दा बालेन शाहले शासन व्यवस्थालाई टुकुचामा गाडिदिने चेतावनी दिएका छन् । आजै बसेको मन्त्रिपरिषदको बैठकले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णय गरेकै केही घण्टा बित्न नपाउँदै यस्तो चेतावनी दिनुले अब मेयर बालेन समेत अहिलेको शासन व्यवस्थाका विरुद्धमा आन्दोलनमा आउन सक्ने देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*