विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कूलमान घिसिङ बर्खास्त, ओली निकट शाक्य नियुक्त

११ चैत्र २०८१, सोमबार २१:०७

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कूलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको छ । साथै प्राधिकरणको एमडीमा प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिएका हितेन्द्रदेव शाक्य नियुक्त गर्ने निर्णय गरिएको छ ।

आज सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकको निर्णयबाट शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट घिसिङलाई हटाउने र शाक्यलाई नयाँ नियुक्त गर्ने निर्णय गरिएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*