नेप्सेको सिईओमा नारद लुइँटेल नियुक्त
११ चैत्र २०८१, सोमबार २१:०६

काठमाडौं ल्। सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख (सीईओ) मा नारद लुइँटेल नियुक्त गरेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लुइँटेललाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
नारद विवादित र माफियाले घुसपैठ गर्न छिराएको भन्दै यसअघि सर्टलिष्टमा परेदेखि नै विवादमा परेका पात्र हुन् ।