संक्रमणकालीन न्याय टुंग्याउन दुई आयोग गठन गर्ने सहमति
११ चैत्र २०८१, सोमबार १८:०१

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताबीच संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयक निष्कर्षमा पुर्याउन दुई आयोग गठन गर्ने सहमति जुटेको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफलपछि उक्त सहमति बनेको हो।
बैठकमा गृहमन्त्री रमेश लेखक, नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत र प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेललगायत नेताहरूको उपस्थिति थियो। सहभागी नेताहरूले संक्रमणकालीन न्याय प्रक्रियालाई निष्कर्षमा पुर्याउन आयोग गठन गरेर अघि बढ्ने समझदारी जनाएका छन्।